काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले थप उपचारका लागि भारत नजाने अडान लिएका छन् । बुधबार काठमाडौंको बुद्धनगरस्थित आफ्नै निवासमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारीसहित उनकी आमा हरिकला गम्भीर घाइते भएका छन् ।
उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरूले अवस्था गम्भीर रहेको भन्दै भारत लैजान सिफारिस गरेका छन् । तर सांसद भण्डारीले भारत नजाने नजाने अडान लिएका हुन् ।
‘स्वाथ्यमन्त्री आएर पनि सम्झाउनुभयो । तर उहाँले म मरे पनि मेरै देशमा मर्छु भन्नुभयो । डकुमेन्टेसन पूरा भइसक्यो । अब जबर्जस्ती गरेर भए पनि बाहिर लैजानुहुन्छ होला’ भण्डारीका स्वकीय सचिव भुवन भुसालले भने ।
आफूलाई भेट्न आएका नेताहरूलाई भण्डारीले आफूलाई स्वदेशकै उपचार पद्धतिमा विश्वास रहेको बताउने गरेका छन् ‘ुमलाई देशबाहिर नलैजाऊ । मलाइ यहीँको डाक्टर र उपचारमा विश्वास छु, भण्डारीले भनिरहेका छन् ।