जनकपुर यातायात कार्यालयबाट बिचौलिया आरोपमा दुईजना पक्राउ

दियोपोस्ट संवाददाता

जनकपुर । यातायात व्यवस्था कार्यालय जनकपुरबाट बिचौलिया आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका–३ का ३३ वर्षीय अनिल साह र महोत्तरीकै एकडारा गाउँपालिका –३ का ३५ वर्षीय विरेन्द्र साह रहेको प्रहरीले जनाएको छ ।
दुबैजनालाई बुधबार दिउँसो यातायात कार्यालयमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गराइदिने भनेर आर्थिक लाभ लिइरहेको गोप्य सूचनाको अधारमा पक्राउ गरिएको हो ।

तोकेको भन्दा बढी कर शुल्क लिइरहेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।