थप उपचारका लागि भारत पठाइयो सांसद भण्डारीलाई

दियो पोस्ट  

काठमाडौं । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईतर्फ लैजान अस्पतालबाट निकालिएको छ ।

सांसद भण्डारीलाई कीर्तिपुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको हो । अब त्यहाँबाट श्री एयरलाइन्सको विमानबाट भारतको मुम्बई लगिनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले सांसद भण्डारीलाई मुम्बइस्थित नेशनल बर्न सेन्टरमा उपचारका लागि पठाउन लागिएको बताए ।

गए राति ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद भण्डारीको दुबै हात खुट्टा र अनुहारमा गरी शरीरमा करिब ३० प्रतिशत जलन भएको थियो। उनकी आमाको भने निधन भएको छ ।