‘सरकारमा व्यापारी छन्, शवमाथि पनि व्यापार हुन्छ’

दियो पोस्ट  

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षा र स्वास्थ्यसहित सबै कुरामा व्यापार गरिरहेको आरोप लगाएकी छन् ।

शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीले छोराछोरीलाई अध्ययन गराउन नसकेको उल्लेख गरिन् ।

‘अहिले त के भयो भयो, शिक्षा व्यापार, स्वास्थ्य व्यापार, हरेक कुरामा व्यापार छ । कतिपय आमाबुबा रोएको देख्छु, पढाउने इच्छा छ, डाक्टर बनाउने इच्छा छ । डाक्टर बनाउने, इन्जिनियर बनाउने इच्छा राखेका छन् । बुबाआमालाई पनि पढाउने रहर छ, छोराछोरीलाई पनि पढ्ने रहर छ, तर हैसियत छैन,’ पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन् ।

 

सिफारिस