काठमाडौं । धादिङ जिल्लाको खनियाबास गाउँपालिका ४ दार्खास्थित लोजोङ गुम्बामा नेपाली काँग्रेसका कार्यकर्ताले तोडफोड गरेका छन् । प्रदेशले गुम्बा निमार्णको लागि दिईएको बजेटमा कमिसन नपाएको भन्दै बिहीबार साझ राति ७ बजे नेपाली काँग्रेसका कार्यकर्ताहरुले गुम्बामा तोडफोड गरेको हो ।
तोडफोड भएको गुम्बाको संरक्षणका लागि गएका स्थानीयहरुलाई ति कार्यकर्ताहरुले कुटपिट समेत गरेको एक स्थानीय दियोपोस्टलाई बताए । ‘उनिहरुले आएर तोडफोड गरे । तोडफोड भएको गुम्बाको संरक्षणका लागि परेको हाम्रो परिवार र स्थानीय व्यक्तिहरुमाथि कुटपिट समेत भएको छ,’ ती स्थानीयले भने,‘कसैको आखाँ सुन्निएको छ, कसैको हात खुट्टामा चोट लागेको छ, महिलाहरुको कपडा समेत च्यातिएको छ ।’
स्थानीय अनुसार गुम्बा ताडफोड गर्नेमा सोही क्षेत्रका स्थानियहरु छन् । दिपक तामङ वाइबाकोको नेतृत्वमा तोडफोड भएको अध्यक्ष तामाङको दाबी छ । छिरिङ गुरुङ ब्लेन्देन, सुबिस तामाङ गोम्जा, सुरोज तामाङ वाइबा,रेमन तामाङ वाइबा, आसिक तामाङ गोम्जा,.बिर्ख घले वाइबा, मनोज गुरुङ ब्लेन्देन कुटपिटमा संलग्न थिए । उक्त समुहले महिलामाथी हातपात र अभद्र व्यवहार समेत गरेको श्रोतको दाबी छ ।
श्रोतका अनुसार ती सबै काँग्रेसका कार्यकर्ता हुन् । उनिहरु स्थानीय गुण्डा नाइके भनेर चिनिने अशोक तामाङका लागि काम गर्ने श्रोतको दाबी छ । तोडफोडको नेतृत्व गर्ने दिपक वाइबा तामाङ अशोक तामाङका विश्वास पात्र हुन् । अशोक तामाङ धादिङ क्षेत्रमा गुण्डागर्दी गर्दै आइरहेका पेसेवर गुण्डा नाइके हुन् । उनि विभिन्न आपराधिक घटनामा समेत संलग्न रहि पक्राउ पर्दै आएका छन् । उनि केही समयअघि स्थानीयलाई खुकुरी प्रहार गरेको घटनामा पक्राउ परेका थिए ।
यो समाचार तयार पार्दासम्म गुम्बाका अध्यक्ष सुर्य तामाङले जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिन जाँदै छन् ।