एआईजी बढुवाको तयारी, ५ पदमा दर्जनौको प्रतिस्पर्धा !

दियो पोस्ट  

काठमाडौं । सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी) बाट अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको तयारी गरेको छ ।

रिक्त रहेका ५ एआईजीको पदको बढुवाका लागि फाइल तयार पार्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन समेत भइसकेको छ। केही समय अघिसम्म नेपाल प्रहरीमा ४ जना एआईजीको दरबन्दी रिक्त थियो ।

फागुन ५ गते मात्रै उमेर हदका कारण पूजा सिंह अनिवार्य अवकाशमा गएपछि रिक्त एआईजीको संख्या ५ पुगेको छ । रिक्त ५ दरबन्दीमा सरकारले एआईजी बढुवाका लागि तयारी थालेको हो ।

आज (आइतबार) सार्वजनिक बिदा भएकाले सम्भवतः भोलि (सोमबार) बढुवा समितिले एआईजी बढुवाका लागि सिफारिस गर्ने तयारी गरेको छ ।

पेचिलो बन्दै बढुवा

रिक्त ५ एआईजीका लागि दर्जन डीआईजीहरु प्रतिस्पर्धामा छन्। अहिले बढुवा हुने ५ एआईजी मध्येबाटै आउँदो चैत ११ गते प्रहरी महानिरीक्षक (आईजी) बन्ने हुँदा एआईजी बढुवा निकै पेचिलो बनेको छ ।

बढुवाको टप ‘थ्री’मा रहेका डीआईजीहरु मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य पनि हालका आईजी धीरज प्रताप सिंहसँगै आउँदो चैत ११ गते अवकाशमा जाने भएकाले त्यो भन्दा पछिल्लो ब्याचका डीआईजीहरुबाट एआईजी बढुवा गर्ने तयारी सरकाले गरेको छ ।

बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

सिफारिस