एकता सहकारीको ‘ब्रह्मलुट’ : आर्थिक हिनामिना र अन्तरिक किचलोले मारमा बचतकर्ता !

दियो पोस्ट  

काठमाडौं । काठमाडौं उपत्यकामा टोलटोल मात्रै होइन घरघरमा सहकारी छन् । तर, ति सहकारीले गरिबी निवारणमा बचतकर्ता र ऋणीहरु टेवा गर्नुको साटो सहकारी संस्थाका नाम सदस्य भनिने ठग लुटेराहरुलाई जन्माएको छन् ।

केही समय पहिले चर्चाको विषय बनेका कुलेश्वरको गौतमश्री र सोल्टीमोडको सिभिल सहकारीले सर्वसाधारण लुटेको फेहरिस्त यहाँ भनिरहनु परेन । त्यसैगरी लालीगुराँस सहकारी हुँदै युनिटी सहकारी सम्मको काण्ड जनमानसमा ताजै छन् ।

बुनेपा ९ एकता बस्तीमा सञ्चलित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ब्रह्मलुट बाहिरिएको छ । कानुनी प्रकिया अनुसार छिनविन समितिले पुस पहिलो हप्ताबाट छिनविनको काम सुरु गरेर प्रतिवेदन पेश गरेमने थियो । प्रारम्भिक छिनविनमा अहिले सम्मको काम हेर्दा एकता बुद्ध बचत तथा ऋण सहकारी बाट उपलब्ध गराउने कागजपत्रहरु पाउन ढिला भएकोले काम अगाडी नबढेको समितिको जवाफ छ ।

अहिले पनि एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यसमिति सदस्यहरुहरु मध्ये अधिकांश चलाखि गरेर आ–आफ्नै भकारी भर्न र पीडित बचतकर्ताहरुलाई कहिले सहकारी सञ्चालकका छलफल भनेर त कहिले कार्य सम्पादन गर्ने सञ्चालकको अनुपस्थिति भनेर समय अवधि बढाउन बाहेक अरु विकल्प दिने मनोसयमा छैनन् ।

सहकारी सस्थापक बीचको आर्थिक हिनामिना र अन्तरिक संस्थागत किचलोले गर्दा पीडित बचतकर्ताहरु मारमा परेका छन् ।

राष्ट्रिय सहकारी महासंघ नेपालले सम्पति बेचेर भएपनि ऋण तिर्न सहकारीका सञ्चालकलाई निर्देशन दिएको छ । पत्रकार सम्मेलन गर्दै महासंघले सहकारीका सञ्चालकहरुलाई उक्त निर्देशन दिएको हो ।

महासंघले सहकारीबाट सञ्चालकले लिएको ऋणलाई पहिलो प्राथमिकतामा राखेर उठाउन सहकारीहरुलाई निर्देशन दिएको छ ।