विप्लव नेकपाले लगायो लघुवित्त र मिटरब्याजीलाई कपिलवस्तुमा ‘प्रतिबन्ध’

दियो पोस्ट  

कपिलवस्तु । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लघुवित्त र मिटरब्याजीलाई कपिलवस्तुमा ‘प्रतिबन्ध’ लगाइएको जनाएको छ।

कपिलवस्तुको पश्चिमी क्षेत्रमा लघुवित्त संस्थाहरु र मिटरब्याजीले आतंक मच्चाएको भन्दै नेकपा कपिलवस्तुले सो क्षेत्रमा ‘प्रतिबन्ध’ लगाइएको घोषणा गरेको हो ।

विप्लव नेतृत्वको नेकपा कपिलवस्तुका इन्चार्ज हेमन्त सी र सचिव पावेल सीले विज्ञप्ति निकाल्दै लघुवित्त र मिटरब्याजीलाई प्रतिबन्ध लगाएको भन्दै जानकारी गराएका हुन्।

लघुवित्त र मिटरब्याजीले आर्थिक शोषण गरेको, आत्महत्या गर्नेसम्मको अवस्था आएको भन्दै प्रतिबन्ध लगाउनुपर्ने अवस्था आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।