जुवातास खेलिरहेको अवस्थामा नागार्जुनबाट ६ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको नागार्जुनमा जुवातास खेलिरहेको अवस्थामा पसलका संञ्चालकसहति ६ जना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–८ भिमढुङ्गामा उपेन्द्र पोखरेलको पसलमा जुवातास खेलिरहेको अवस्थामा पोखरेलसमेत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ५२ हजार रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।