
काठमाडौं । खाना पकाउने (एलपी) ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको अवस्था सुधार हुँदै गएको छ । उपचारका लागि भारतको मुम्बई लगिएका नेता भण्डारीसँगै रहेका कांग्रेस नेता योग राज कँडेलका अनुसार भण्डारी पछिल्लो समय कुराकानी पनि गर्न थालेका छन्।
कँडेलका अनुसार भण्डारीलाई भेन्टिलेटरबाट निकालिएको छ। उनको ईटी ट्यूब पनि निकालिएको कँडेलले जानकारी दिए।
‘अहिले रिजरभायर ब्याग मास्कबाट १५ लिटर अक्सिजन दिइएको छ। अहिले पनि ट्रयालमै राखिएको हो। डाक्टरहरुको योजना बमोजिम १५ लिटरलाई घटाउँदै लगिनेछ,’ कँडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबै पारामिटर नर्मल छन्। फोक्सोको तल्लो भागमा थोरै इन्फेकसन देखिएको, तर डराउनुपर्ने अवस्था नरहेको डाक्टरबाट जानकारी प्राप्त भएको छ।’