ओखलढुंगामा १६ वर्षीया किशोरी बलात्कृत, एकजना पक्राउ

दियो पोस्ट  

ओखलढुंगा । ओखलढुंगामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको खिजिदेम्बा गाउँपालिका–८ बस्ने २१ वर्षीय लाक्पा शेर्पा रहेका छन् । उनी मंगलबार (हजो) साँझ पक्राउ परेका हुन् ।
शेर्पाले ती किशोरीलाई सिद्धिचरण नगरपालिका–११ रमाईलोडाँडास्थित होटलमा लगेर सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।