सिंहदरबारमा माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक जारी

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको बैठक सुरू भएको छ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा तीन दलबीच बैठक सुरू भएको हो।

माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन्।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, बेदुराम भुसाल, घनश्याम भुसाल लगायत सहभागी छन्।

राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा अहिले शीर्ष नेताहरूबीच छलफल जारी छ।

माओवादी केन्द्रले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति बनाउन पर्ने बताइरहेको छ।

राष्ट्रपति कांग्रेसको उम्मेदवारले पाउनुपर्ने बताइरहेको बेला नेकपा एमालेले भने प्रचण्डले पुस १० गते नै सम्झौता भइसकेको भन्दै त्यही सम्झौताअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने बताएको छ।

सिफारिस