चार दलको बालुवाटार बैठकअघि ओली-नेपालबीच आधा घण्टा गोप्य भेट

दियो पोस्ट  

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपालबीच भेट भएको छ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेर निस्किएका ओली र नेपालबीच महाराजगंजमा भेट भएको हो ।

ओलीसँगको भेटपछि नेपाल चार दलीय बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । ‘दुवै नेताहरुबीच करिव आधा घण्टा छलफल भएको छ’ स्रोतले भन्यो । गत आइतबार पनि दुवै नेताहरुबीच पनि महाराजगंजमा बैठक भएको थियो ।

उक्त भेटमा ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । त्यसपछि नेपालले विभिन्न राजनीतिक दलहरुसँग राष्ट्रपतिको उम्मेदवार बन्ने विषयमा छलफल समेत चलाउँदै आएका थिए ।

शुक्रबार बिहान भएको चार दलीय छलफलमा पनि नेपालले आफूलाई राष्ट्रपति उम्मेदवारको रुपमा प्रस्ताव गरेका थिए । कांग्रेस भने राष्ट्रपति आफ्नो दलले पाउनु पर्ने बताउँदै आएको छ ।

सिफारिस