काठमाडौं । राष्ट्रपतिका लागि एमालेबाट उपाध्यक्ष सुवास नम्वाङले मनोनयपत्र दर्ता गरेका छन् ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले दर्ता गरेका हुन् ।
उम्मेदवारी दिनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङ, योगेश भट्टराई कार्यालय पुगेका थिए ।
यसअघि एमालेको सचिवालय बैठकले सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।