मालपोत कार्यालय धनुषाबाट एकजना बिचौलिया पक्राउ

दियो पोस्ट  

धनुषा । जनकपुर उपमहानगरपालिका–४ स्थित मालपोत कार्यालयमा काम गराई दिन्छु भनी सेवाग्राहीसँग पैसा लिई बिचौलियाको काम गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका– १६ बस्ने ४६ वर्षीय प्रदिप प्रसाद पासवानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।