CPN-UML Chairman KP Sharma Oli (left) welcomes Nepali Congress President Sher Bahadur Deuba (right) and senior leader Ram Chandra Paudel to a tea party hosted by the UML on the occasion of Dashain, Tihar, Nepal Samvat New Year and Chhath festivals, in Kathmandu, on Saturday, October 15, 2016. Photo: RSS
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार बनाएका रामचन्द्र पौडेललाई नेकपा एमालेसँग औपचारिक रूपमा मत मागेको छ ।
सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लेखेको पत्र कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार बालकोटस्थित ओलीको निवासमा पुगेर हस्तान्तरण गरेका हुन् ।
२५ चैतका लागि निर्धारण गरिएको राष्ट्रपति निर्वाचननमा पौडेलसँगै एमालेबाट उम्मेदवारी सुवासचन्द्र नेम्वाङ भिड्दैछन् ।
देउवाको पत्र बुझेपछि ओलीले कांग्रेसले राष्ट्रपतिमा अगाडि सारेको रामचन्द्र पौडेलप्रति आफू नकारात्मक रहेको जवाफ दिएका थिए । ‘पौडेलजीप्रति म नकारात्मक छैन,’ कांग्रेसले औपचारिक रूपमा लेखेको पत्र बुझेपछि ओलीको भनाइ उध्रीत गर्दै मुख्यसचिव पौडेलले भने ।
पुरानो पुस्ताले राजनीतिलाई ट्र्याकमा ल्याएर छोड्न पाए हुन्थ्यो भन्ने आफ्नो चाहना रहेको ओलीले सुनाएको पौडेलले बताए ।
ओलीले पौडेल आफूसँगै जेलमा बसेको साथी भएकोले आफू नकारात्मक नरहेको बताएको ओलीको भनाइ उध्रीत गर्दै मुख्यसचिव पौडेलले भने ।