मोरङ । विराटनगरमा स्रोत नखुलेको भारतीय रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–९ चुलाचुली मार्गबाट स्रोत नखुलेको १ लाख ८३ हजार ७ सय ५० भारतीय रुपैयाँसहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका–७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका–३ का ३० बर्षीय नबि हुसेन रहेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त स्रोत नखुलेको भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।