कहाँ बसिरहेका छन् शान्ती बाटिकाबाट हटाइएका आन्दोलनकारी ? (फोटो फिचर)

दियो पोस्ट डेस्क  

काठमाडौं । बिगत लामो समय देखी शान्तिबाटिकामा बस्दै आएका मिटर ब्याजी लगाएत माइतिघरको निषेधाज्ञा पछि आन्दोलन गर्ने थलो बनाएकालार्इ हिजो मात्र काठमाडौं महानगरले बिहानै खाली गराएको छ ।

मिटर ब्याजी पिडित सङ्गै आरती साहको न्याय माग्दै आएका भाइ प्रेम र आमा निर्मला पनि माइतिघरको निषेधाज्ञा पछि शान्तिबाटिका बसेर न्याय माग्दै आएका थिए ।

मंगलबारबाट शान्तिवाटिकाबाट निकालेपछि कहाँ जाने भनेर अन्योलमा छन् । काठमाडौं महानगरले खालि गर्नुका साथ पिडितहरु बाहिर सडक छेउको फुटपाथमा धर्ना बसेका थिए ।

उनीहरु ठाउँ नछोड्ने भन्ने अठोट लिएर तेही फुटपाथमा चिसो रात काटिरहेका छन् । बिहानको खाना होस या रातीको उनिहरु फुटपाथमै बसेर पकाएर खाइरहेका छन् ।