हिमालय वाणिज्य संघको सदस्यमा शेर्पा निर्वाचित

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल हिमालय सीमापार वाणिज्य संघको सदस्यमा मुके शेर्पा निर्विरोध चयन भएका छन् । २७ माघमा उद्घाटन हुने वाणिज्य संघको नयाँ समितिका लागि मनोनयन दर्ता सगै शेर्पा निर्विरोध निर्वाचित भएका हुन् । आवश्यक १९ सदस्यमा २३ जनाले मनोनय दर्ता गराएका थिए । चार जनाले उम्मेदवारी फिर्ता लिएपछि मुके शेर्पालगायत १९ जना निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।

अन्य केही पदमा आवश्यक भन्दा धेरै उम्मेदवारी परेपछि २८ गते निर्वाचन हुने छ । लामो समय देखी ब्यावसायीमा लागेका शेर्पाको मुख्य नेपाल चीन व्यापार व्यवसाय हो । सुरुमा डोका थुन्छेको व्यवसाय गर्ने शेर्पाले केही समय भारतमा पुगेर पनि ठेक्कापट्टा गरेका थिए ।

तातोपानी बाट भन्सार तिरेर काठमाडौं लगेको सामानको धुलिखेलमा चेक जाचको वाहनामा प्रसासनले दुःख दिन थालेपछि शेर्पाको अगुवाईमा आन्दोलन समेत भएको थियो भने यो आन्दोलन पछि व्यावसायीले राहत पाएको शेर्पाले बताए । चीनवाट मात्र होईन शेर्पा अहिले तेस्रो मुलुकमा पनि व्यवासया गर्दै आएका छन् ।

युरोपका बिभिन्न देशमा पुगेर शेर्पाले नेपाली सामानको प्रचार गरिरहेका छन् । केही दिनअघि मात्र शेर्पा ईटली एक्पोमा पुगेर नेपाली सामानको प्रर्दशनी गरेर फर्केका छन् । आफुले प्राप्त गरेको अनुभवले सिमापार वाणिज्य संघमा नयाँ योजना वनाउन लाग्ने शेर्पाले बताए । सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका शेर्पा भावी अध्यक्षका समेत सम्भावित पात्र हुन । शेर्पा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का निर्वमान अध्यक्ष पनि हुन् ।