
काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको सदस्य सचिवमा मिलन देवकोटालाइ नियुक्त गरिएको छ । पर्यटन बोर्डकी सदस्य देवकोटालाई पर्यटन बोर्डको कार्यकारी समितिको बैठकले रिक्तरहेको सदस्य सचिवमा नियुक्त गरेको हो ।
देवकोटाले शुक्रबार नियुक्ति पत्र बुझेकी छिन् । उनलाई पर्यटन बोर्डका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.दिपक काफ्लेद्वारा हस्ताक्षरित पत्र दिइएको छ ।
देवकोटा नेपाल पर्यटन बोर्डको पहिलो महिला सदस्य सचिव बनेकी हुन् । उनी मार्च २३, २०२२ मा बोर्ड सदस्य भएकी थिइन् भने आर्थिक वर्ष २०८०/०८१ को बजेट संयोजकमा समेत रहेकी थिईन ।