काठमाडौं । नेपाल प्रहरीका १६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार १६ प्रहरी बरिष्ठ उपरीक्षकको सरुवा गरिएको हो ।
गृह मन्त्रालयको माघ २६ गतेको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी बरिष्ठ उपरीक्षकहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोमा ओमबहादुर रानाको सरुवा भएको छ । त्यस्तै, पोखरा तालिम केन्द्रमा मुकुन्द मरासिनी, दुधौली तालिम केन्द्रमा प्रवीण पोखरेल, धनुषा तालिम केन्द्रमा गोपालचन्द्र भट्टराई, सुर्खेत तालिम केन्द्रमा राजेन्द्रप्रसाद भट्ट र दीपायल तालिम केन्द्रमा कृष्णबहादुर पल्ली मगरको सरुवा भएको छ ।