काठमाडौं । ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको ५ औ अधिबेशन सम्पन्न भएको छ । केशव श्रेष्ठको अध्यक्षतामा कोरिया समाज गठन भएको हो । समाजको उपाध्यक्षमा राम वुढाथोकी, सचिवमा कुमार थापा, सहसचिव दिन राई, कोषाध्यक्षमा रविन तामाङ्ग र सह कोषाध्यक्षमा रन्जित गुरुङ निर्वाचित भएका छन् । त्यसै गरि सदस्यमा नविन दाहाल, गोविन्द खत्री, दिपक खाती निर्वाचित भएका हुन ।
कोरिया समाज सन २०१५मा स्थापना भएको हो । समाजको उदेश्य प्रवासमा रहदा नेपाल र नेपालीमा आईपर्ने समस्या समाधान तथा सामाजिक कार्यमा सक्रिय रहने रहेको सचिव कुमार थापाले वताए । विपत ब्यवस्थापन, गरिव तथा अहायको लागी सहयोग, भुकम्प तथा कोभिडको समयमा स्वास्थ्य सामाग्री वितरणमा समाजले सक्रिय सहभागिता जनाएको समेत थापाले वताए । कोरियामा समाजको सदस्य सङख्या ५० को हाराहारिमा रहेका छन ।