सफ्टवेयर हत्याउन गाडि उपहार लिएका यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो

दियो पोस्ट  

काठमाडौं । स्मार्ट लाईसेन्सको सफ्टवेयर हत्याउन गाडी उपहार दिएका यातायात व्यवस्था विभागका महानिर्देश उद्धव प्रसाद रिजाललाई बैद्य निकट क्रान्तिकारी युवा संगठनलले कालोमोसो दलेको छ ।

संगठनको एक समुहले उनलाई मिन भवनस्थित यातायात कार्यालय पुगेर महानिर्देशक उद्धव प्रसाद रिजाललाई कालोमोसो दलेका हुन् ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनि पार्टी निकट संगठनले रिजालको कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो । संगठनले महानिर्देशकमाथि चेतावनीस्वरुप कालोमोसो दलेको जनाएको छ ।

नक्कली लाइसेन्स छानविन प्रतिवेदन सार्बजनिक नगरेको, यातायात विभागको कम्प्युटर सिस्टममा प्रत्यक्ष संलग्न रहेको, नक्कली लाइसेन्स वितरण प्रक्रियामा प्रत्यक्ष संलग्न रहेको र हालसम्म नक्कली लाइसेन्स वितरण गर्ने भ्रष्टाचारी कर्मचारी कानुनी दायरामा ल्याउन नसकेको उक्त संगठनको आरोप छ ।

यो पनि पढ्नुस् :

लाइसेन्सको सफ्टवेयर बिगार्न मिडिया मालिक रामेश्वर थापाले दिए गाडी घुस !

TATA ADD