लाइसेन्सको सफ्टवेयर बिगार्न मिडिया मालिक रामेश्वर थापाले दिए गाडी घुस !

यातायात कार्यालयको बदमासी

दियो पोस्ट  

काठमाडौं । मिडियाको आवरणमा विभिन्न धन्दा गर्दै आएका विवादास्पद व्यापारी रामेश्वर थापाले स्मार्ट लाईसेन्सको सफ्टवेयर हत्याउन गाडी उपहार दिएको पाइएको छ ।

रामेश्वर थापाले यातायात व्यवस्था विभागका आईटी प्रमुख मुकेश रेग्मीलाइ बा. १७ च ११ नम्बरको कोरियन ‘स्योङ्याङ’ कम्पनीको गाडी उपहार स्वरुप घुस दिएको पाईएको हो । उक्त गाडी नेपालमा आइएमएस मोटर्सले आयात गर्दै आएको छ । दिपक मल्होत्राको स्वामित्वमा रहेको यो कम्पनीबाट थापाले पैसा समेत नदिई मागेर उपहार स्वरुप घुसमा यो गाडी दिएका हुन् ।

थापाले मुकेस रेग्मीलाई गाडी घुस दिनुको कारण भने लाइसेन्स वितरणको लागि प्रयोगमा ल्याइएको सफ्टवेयरले काम नगरेको, सिस्टममै समस्या भएको देखाई दिन आईटी प्रमुखलाई गाडी घुस दिइएको हो । विभागले फर्जी लाईसेन्स वितरणको विषयमा अनुसन्धानसमेत गरेको थियो । उक्त अनुसन्धानमा गाडी दिईएको खुलेको हो । तर अनुसन्धानमा भनिएको छ, केही समयको लागि हामीले गाडी रामेश्वरलाई दिएका थियौ तर अहिले यो गाडी यातायातका आईटी प्रमुखलाई घुसपो दिईएको रहेछ ।

यसै विषयलाइ लिएर गतपुस ५ गते काठमाडौं अपराध अनुसन्धान महाशाखाले राजकुमार थापा नाम गरेका स्थायी ठेगाना पर्वतका एजेन्टलाई पक्राउ गरेको थियो । थापाले यातायातका आईटीका टिमसँग ‘सेटिङ’ मिलाई कार, जिप (बी)को ट्रायल पासनै नभएकाहरुको पास भएको भन्दै लाईसेन्स बनाउने काम गरेका थिए ।

एजेन्ट थापाले पछिल्लो समय यातायातका आईटीसँग सेटिङमिलाई (०८ लुम्बिनीको कोर्ड) बेलबहादुर देवकोटाको नाममा ०१–०८–८८९९०४३१ नम्बरको लाईसेन्स बनाएका थिए । यातायातमा यस अघि लाईसेन्सको ०१–०१५००००० नम्बरमा चलिरहेको छ । एक्कासी लाईसेन्सको नम्बर (८८९९०४३१) आठ करोड पुगेको देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले अनुसन्धान अघि बढाएपछि यातायात विभागले छानविन अगाडी नबढाउन भन्दै अनुरोध गरेका थियो । प्रहरीले अनुसन्धान नगरे यातायातले ट्राफिक प्रहरीलाई एकै पटक चालकहरुसँग पाँचहजार सम्मको जरिवाता गर्न सक्ने अनुमति दिन्छौं भनिएको थियो । यातायातको ५ हजारको प्रलोभनमा परि प्रहरीले अनुसन्धानलाई किर्ते मुदामा मात्रै सिमित गरि यो फाईल बन्द गरिदिएको छ । यसै अनुसन्धानलाई प्रभावमा परि यातायातका विभागीय प्रमुखहरुले २०७२ सालदेखिका महानिर्देशकको जिम्मेवारीमा रहेका लाईसेन्सहरुलाई छानविन गरिने भनियो ।
ट्रायल नै नदिई बनाइएको नक्कली लाइसेन्सहरुको नम्बर अब खारेज गर्ने भनेर यो विषयलाई अन्तै मोड्ने प्रयार वा प्रचारबाजी समेत विभागीय र प्रहरीले गरेको पाईन्छ । यो लाईसेन्स प्रकरणलाई पुराना महानिर्देशकहरुको पालमा भएको भन्दै अनावश्यक हल्ला फिजाएको थियो । यसका प्रमुख योजनाकार हुन् मिडिया कर्मी रामेश्वर थापा र यातायात शाखा आईटी प्रमुख मुकेश रोग्मी ।

पछिल्लो समय मुकेश रेग्मीले कस्ता खालका काम गरेका छन् । दशैँपछि अनधिकृतरूपमा यातायातको मुख्य सिस्टमको भित्र छिरेर ‘डाटा इडिट’ गरेर नक्कली लाइसेन्स बनाएका नौवटा लाइसेन्स गंगा कार्की ०१–०८–१४५६७५३६ चितवन, रुद्रप्रसाद खतिवडा ०१–०८–८८९८८००४, चितवन मनिस केसी ०१–११–८८९९०१५७, प्रकाश पौडेल ०१–०८–८८९९२१५५ पाल्पा, धिरज खत्री क्षेत्री ०१–०८–८८९९०३३८ पाल्पा, सिम्रन थापा ०१–१०–८८९९०६९१ पाल्पा, सुरज भुगै ०१–०८–८८९९१६२६ पाल्पा, विजय अधिकारी ०१–०८–८८९९२२५२ चितवन र आकाश श्रेष्ठ ०१–०८–८८९९०४०५ हुन् ।

यसको विषयमा यातायात कार्यालयसँग मिलेर प्रहरीले अनुसन्धानलाई ओझेलमा पारेको प्रस्ट हुन्छ । प्रहरी पाँचहजारको चिट काट्न पाएपछि घुस लिएको काण्ड र नक्कली लाईसेन्सको काण्डलाई सामान्य भएको जनाउँदै अनुसन्धान गर्ने प्रहरी कोल्टे फर्किएर हिडेको पाईन्छ ।
मिडिया र प्रहरीको संरक्षमा प्रदेशका आईटी र केन्द्रका आईटीप्रमुखहरूको मिलेमतोमा नक्कली लाइसेन्समार्फत भएको भ्रष्टाचारमा महानिर्देशक उद्धवप्रसाद रिजालले संरक्षण गर्नेगरेको स्रोतको दाबी छ ।