काठमडौं । नेपाली कांग्रेसको महासमिति बैंठक फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने भएको छ । गोदावरीमा हुने महासमिति बैंठकलाई व्यवस्थित र प्रभावकारी बनाउन समिति गठन गरिएको एक विज्ञप्तिमा जनाईएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय सूचना, संचार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माको संयोजकत्वमा ‘प्रचार प्रसार उपसमिति’ गठन भएको हो । उक्त समितिमा किरण गिरी, बद्री सिग्देल, सरोज अधिकारी, रोजी पराजुली ढकाल, महेश्वर गौतम, केदारनाथ दाहाल र जगत प्रजापतिलाई चैन गरिएको हो ।
आगामी फागुन ७ देखि १० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैंठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उक्त प्रचार प्रसार उपसिति गठन गरिएको हो ।