जिल्ला प्रहरी कार्यालयमा पुस्तक हस्तान्तरण

दियो पोस्ट डेस्क  

रामेछाप । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला शाखा रामेछापले ११औँ राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय रामेछापमा विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेको छ ।

महासङ्घले जिल्लामा रहेका मिलिजुली पुस्तक तथा स्टेसनरी पसल, जे एन पुस्तक पसल, सहयात्री इन्टरप्राइजेज, घिमिरे पाठ्यपुस्तक तथा शैक्षिक सामग्री केन्द्र, दीक्षित स्टेसनरीलगायतका पसलबाट पुस्तक सङ्कलन गरिएको जनाइएको छ । करिब रु ३५ हजार मूल्य बराबरको पुस्तक आज एक कार्यक्रमबीच निःशुल्क जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रञ्जन गिरीलाई महासङ्घका जिल्ला अध्यक्ष सुजन घिमिरेले हस्तान्तरण गरेका हुन् ।

प्राप्त भएका पुस्तकलाई आफ्नो कार्यालयमा भएको पुस्तकालयमा राखी अनुसन्धानका क्रममा हिरासतमा रहेका थुनुवालाई पढ्न उपलब्ध गराउने प्रहरी निरीक्षक गिरीले बताए । उनले पुस्तक उपलब्ध गराउने नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला शाखालाई धन्यवाद दिए ।

TATA ADD

सिफारिस