एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, सरकारविरुद्ध आन्दोलन गर्ने

खुमा वली  

काठमाडौं । नेकपा एमालेले सातौँ केन्द्रीय समिति बैठक फागुन ८, ९ र १० गतेलाई बोलाएको छ । पार्टीको २७ औँ सचिवालय बैठकले फागुन ८ देखि १० सम्म केन्द्रीय समिति बैठकको मिति तय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।

सचिवालयले केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गरेको छ । राजनीतिक स्थितिको समीक्षा, सङ्गठनात्मक प्रतिवेदन, सङ्गठन शुद्धीकरणबारे विशेष कार्य योजना तर्जुमा केन्द्रीय समिति बैठकका प्रमुख एजेन्डा तय गरेको स्रोतले बताएको छ । साथै पार्टी निर्माणका सवालमा एमालेलाई व्यवस्थित र बलियो शक्तिका रूपमा स्थापित गर्न सकिने उपायका बारेमा समेत केन्द्रीय समिति बैठकमा छलफल हुने महासचिव पोखरेलको भनाइ छ ।

त्यसबाहेक एमालेले केन्द्रीय समिति बैठकमार्फत गठबन्धन सरकार राष्ट्रहित विपरीत गएको र सुशासनमा विचलन आएको भन्दै मुलुक आर्थिक सङ्कटमा परेकाले सरकारविरुद्ध जनपरिचालन गर्ने निर्णय समेत गर्नेछ ।

 

सिफारिस