काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । धनुषाको विदेह नगरपालिका–९ तरहीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलोसहित एक जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी भंगहा नगरपालिका–९ बस्ने २१ वर्षीय अमर कुमार साह रहेका छन् । प्रहरी चौकी ईटहर्वाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त परिमाणको वस्तुसहित पक्राउ गरेको हो ।
साथै मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसेबाट अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तु करिब २० किलोसहित एक जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका–८ देवीथान बस्ने १५ वर्षीय किशोर रहेका छन् प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.८ ख ३५६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ती किशोरलाई उक्त परिमाणको वस्तुसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।