हेलिकप्टरद्वारा गर्भवती महिलाको उद्धार

दियो पोस्ट  

काठमाडौं । म्याग्दीको विकट धवलागिरि गाउँपालिका–४ मुदीबगरकी एकजना गर्भवतीको हेलिकोप्टरमा उद्धार गरिएको छ । शुक्रबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र धवलागिरि गाउँपालिकाको समन्वयमा बगरगाउँकी तुलसा बुढाथोकीलाई उद्धार गरिएको हो ।

धवलागिरि गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार बिहीबार साँझ ६ बजेदेखि प्रसूति व्यथाले लागेपछि पेटमा रहेको बच्चाको धड्कन पनि अनियमित भएकाले तत्काल ‘एयरलिफ्ट’ गरेर पोखरा लगिएको हो । पाठेघर खुल्न विलम्ब, रक्तचाप कम हुँदै गएको र बच्चाको धड्कन अनियमित भएको हुँदा हेलिकप्टरमा पोखरा पठाएका हो ।

पोखराको गण्डकी अस्पतालमा अपराह्न बुढाथोकी सुरक्षितरूपमा सुत्केरी भएको र अहिले आमा र बच्चाको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

TATA ADD

सिफारिस