काठमाडौं । पर्सा निवासी मिर हसन हवारीको ८० लाख रुपैयाँ बराबर ठगी गरेर नुवाकोट घर भएका कुमार प्रसाद ढकाल फरार भएका छन् । शारिरिक रुपमा आसक्त रहेका हबारीको जग्गा समेत ढकालले जालसाँझीपूर्वक ठगी गरेर फरार भएका हुन् ।
नुवाकोट बेलकोटगढी न।पा।वडा नं। २ घर भएक ढकालले अर्काको जग्गा मेरो हो भन्दै बैना कागज समेत गरेर ठगी गरेका छन् । २०६० सालदेखि काठमाडौमा बस्दै आएका हवारी काठमाडौंको फूटपाथमा कपडा व्यापार गर्थे । सडकमा अपाङ्ग शरिरले दुखजेले गरेर जोडेको जग्गा र लाखौँ रुपैयाँ ठगी भएपछि उनी अहिले सडकमा आइपुगेका छन् । फूटपाथकै व्यापारका क्रममा नजिकिएका ढकाललाई हवारीले नै काम लगाइदिएका थिए ।
पीडित हवारी आफ्नो नामसमेत लेख्न सक्दैनन् । ‘जग्गामा पैसा लगानी गर्दा धेरै फाईदा हुन्छ भनि १० लाख जति पैसा खोज्नुस् तपाइलाई नाफा दिन्छु भने । तर ढकालले त्यो १० लाख आजका दिनसम्म पनि फर्काएका छैनन्,’ ढकालको भनाई उदृत गर्दै पीडित हवारी भन्छन्,‘उल्टै फेरी ३ वर्ष अगाडी ‘१५ लाख खोज्नुस् अब चाही भने जस्तो पैसा आउछ’ । भन्दै ढकालले मेरो सोझोपनको फाईदा उठाउदै गए ।’
ढकालले भ्रमजालमा पारेपछि उनले पर्सामा रहेको जग्गा विक्री गरेरै ढकाललाई पैसा बुझाउँदै गए ।
दुई महिना पहिलेसम्म सम्पर्कमा रहेका ढकाल आजभोलि कता छन् पत्तो छैन् । १८ महिनाअघि कुमार प्रसाद ढकालले जग्गामा लगानी अपुग भएको भन्दै हबारीको काठमाडौं स्थित नैकापको ६० लाख बराबरको ४ आना जग्गापनि बेचेर हबारीलाई सडकमा आउने अवस्था बनाई सकेका छन् ।
पर्सादेखि न्यायका लागि मिडिया र प्रहरीको शरणमा पुगेका हवारीलाई न्याय पाउन नसकिने हो की भन्ने आशंका छ । हबारीका ४ छोरा छारी छन् । परिवारलाई ऋण बोकाएकोमा उनी पछुतो मानिरहेका छन् ।
‘मैले छोरा छोरीलाई ऋण बोकाएर मर्ने भएँ,’ गहभरी आँशुपार्दै हवारीले दियोपोस्टसँग भने, ‘मैलेपनि साथी साहुँसँग ऋण खोजेर दिएको हुँ, मैले केही समयमा यो ऋण तिरिन भने, ढकाल भन्दा पहिला म जेल जानु पर्छ ।’
केहीदिन जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उनले जाहेरी लिएर पुगेका थिए । तर, ठगी अभियोगमा जाहेरी पुगेको हुनाले प्रहरीले बैंकिङ्ग कसुर अभियोगमा जाहेरी ल्याए दर्ता गर्दिने आश्वासन पाएका छन् ।
बसपार्कस्थित बिजि मलमा मोबाइल पसल समेत चलाएर बसेका ढकाल अहिले कहाँ छन् पत्ता लगायत हवारीलाई कठीन छ । उनका आफन्त र नातेदारलाई समेत सम्पर्क गर्दा उनी सम्पर्कमा आएका छ्रनन् । दियोपोस्टले पनि ढकालसँग सम्पर्क गर्ने कोशिस गरेको थियो । तर, उनी सम्पर्कमै आउन चाहेनन् ।