दृष्टिविहीन क्रिकेट प्रतियोगिता २०२४ को तेस्रो दिनको पहिलो खेल, कर्णाली २९ रनले विजयी

दियोपोस्ट संवाददाता

काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालले कोहपुर बाकेंमा आयोजना गरेको छ । नेत्रहिन क्रिकेट प्रतियोगिता २०२४, को तेस्रो दिनको पहिलो खेल कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट संघ (सुर्खेत) विरुद्ध लुम्बिनी नेत्रहीन क्रिकेट संघ, रुपन्देही बिच भएको थियो ।

लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको थियो । कर्णार्लीले ६ विकेटको क्षतिमा लुम्बिनिको लागि १५८ रनको लक्ष्य दिएको थियो । लुम्बिनीले जबफी व्याटिङ्ग गर्दै १६ ओभरमा अल आउट हुदै १२८ रन बनाएको थियो ।

प्लेयर अफ दि म्याच कर्णालिका यग्य बहादुर थापा ५७ रन बनाउदै भएका थिए । कर्णाली २९ रनले विजयी भएको छ ।