नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माण कार्य ठप्प पार्दै स्थानीय विरोधमा

खुमा वली  

काठमाडौं । काठमाडौको चन्द्रागिरि नगरपालिका २ का स्थानियले निर्माणाधिन नागढुंङ्गा —सिस्नेखोला सुरुङ मार्ग निर्माण कार्य ठप्प गरेका छन् । उक्त सुरुङ मार्ग निर्माण आयोजनाले आफुहरु मारमा परेको भन्दै त्यहाँका स्थानियले निर्माण कार्य हिजोदेखि ठप्प पारेर विरोधमा उत्रिएका हुन् ।

स्थानियहरु विभिन्न माग राख्दै आज पनि आन्दोलनमा उत्रिएका छन् । स्थानियहरु चन्द्रागिरीलाई प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने, पर्याप्त खानेपानीको व्यवस्था गर्नुपर्ने, खेतीयोग्य जमिनमा सिँचाईको व्यवस्था गर्नुपर्ने, चर्केका घरहरुको क्षतीपुर्ती दिनुपर्ने, सुरुङ माथिको जमिनको उचित सम्बोधन हुनुपर्ने र प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारी उपलब्ध गराउनुपर्ने लगायत माग राख्दै आएका छन् ।

निर्माण कार्यले आफुहरुको बस्ती प्रभावित बनेको, खानेपानीको मुहान सुकेको त्यहाँका स्थानियहरु बताउँदै आएका छन् । नागढुंङ्गा सिस्नेखोला सुरुङ मार्ग प्रभावित खानेपानी उपभोक्ता समितीले उक्त विरोध कार्यक्रम आयोजना गरेको हो ।

उक्त सुरुङ मार्ग जापान सरकारको सहयोगमा बनिरहेको छ । सन् २०१९ सेप्टेम्बरदेखि निर्माण सुरु भएको उक्त सुरुङ मार्ग सन् २०२५ अप्रिलमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

TATA ADD

सिफारिस