श्रीमती र छोरीहरूको हत्यापछि आत्महत्या !(तस्बिरहरु)

सितापाइला घटनाः

दियो पोस्ट डेस्क  

काठमाडौं । स्वयम्भूनजिकै सितापाइलामा एकै परिवारको तीनजनाको हत्या भएको छ । घटना पश्चात् बुबा राजु घिमिरे (सुनार) फरार रहेका कारण सङ्खा उनी माथि गएको थियो ।

सबै परिवारको हत्या गरेर श्रीमान्‌ले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । राजु नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

बुधबार बिहान ६ बजेतिर ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीया शिवानीको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटनास्थलबाट प्रहरीले ह्याम्र फेला परेको छ । शिवानी नातिनी भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार आत्महत्या गर्न जानु भन्दा अघि राजुले आफ्नो सालोलाई फोन गरेर ‘सबैलाई मारेँ, अब मर्न जाँदैछु’ भनेका थिए । घटनाको अनुसन्धान जारी रहेको भन्दै कारण खुलिनसकेको प्रहरी वृत्त स्वयम्भूकी डीएसपी पूर्णिमा चन्दले बताइन् ।

TATA ADD

सिफारिस