
नयाँ दिल्ली। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहको सुरक्षाका लागि दिल्लीका सडकमा प्रहरी र सेनाको उपस्थिति देखिएको छ।
प्रधानमन्त्रीको आवागमन हुने सडक क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको दियोपोस्टले प्राप्त गरेका तस्वीरमा देखिन्छ। तस्वीरमा प्रहरी र सेनाका जवान सडकमा खटिएका छन्।
भ्रमणमा प्रधानमन्त्रीसहित ३५ सदस्यीय टोली भारत गएको छ। टोलीमा प्रधानमन्त्रीका सुरक्षा अधिकारी तथा सैनिक सहायकसमेत छन्।




