
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह आइतबारदेखि भारतको राजकीय भ्रमणमा रहेका छन्। उनीसहित ३५ सदस्यीय टोली भारत गएको छ। प्रधानमन्त्री सोमबार साँझ स्वदेश फर्कनेछन्।
भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र छन्।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत यांकी उक्याबलगायत सरकारी अधिकारी पनि भ्रमण टोलीमा छन्।
टोलीमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, प्रधानमन्त्रीका निजी तथा प्रेस सचिवालयका सदस्य र सुरक्षा अधिकारी पनि छन्। परराष्ट्र मन्त्रालयबाट सहसचिव तथा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री, दक्षिण एसिया महाशाखाका सहसचिव गहेन्द्रराज भण्डारी, प्रमुख शिष्टाचार महापाल कुमारराज खरेल र उपप्रमुख शिष्टाचार महापाल प्रेमराज गौतम सहभागी छन्। अर्थ, ऊर्जा र सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालयका सहसचिवहरू पनि टोलीमा छन्।
सञ्चारकर्मीतर्फ गोरखापत्रकी संवाददाता तारा हमाल ढुंगाना, राष्ट्रिय समाचार समितिका संवाददाता कमल कुमार बस्नेत र नेपाल टेलिभिजनका भिडियोग्राफर अशोक कुमार बस्नेत सहभागी छन्।
प्रधानमन्त्री शाहले कार्यवाहकको जिम्मेवारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई दिएका छन्।
भारत जाने ३५ सदस्यीय भ्रमण टोलीको सूचीः
१. बालेन्द्र शाह – प्रधानमन्त्री
२. स्वर्णिम वाग्ले – अर्थमन्त्री
३. शिशिर खनाल – परराष्ट्रमन्त्री
४. कुमार ब्यञ्जनकार – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
५. असिम शाह – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
६. विवेक मिश्र – प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
७. गोविन्दबहादुर कार्की – मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
८. अमृतबहादुर राई – सचिव, परराष्ट्र मन्त्रालय
९. रुद्रसिंह तामाङ – सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
१०. सुभाष शर्मा – प्रधानमन्त्रीका प्रमुख निजी सचिव
११. यांकी उक्याब – प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल
१२. जगदीश्वर पाण्डे – परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
१३. प्रदीप परियार – प्रधानमन्त्रीका निजी सचिव
१४. गहेन्द्रराज भण्डारी – सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
१५. कुमारराज खरेल – प्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
१६. लोकबहादुर पौडेल क्षेत्री – सहसचिव तथा प्रवक्ता, परराष्ट्र मन्त्रालय
१७. अमृत लम्साल – सहसचिव, अर्थ मन्त्रालय
१८. सुभाष ढकाल – सहसचिव, सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालय
१९. सुनील पौडेल – सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
२०. दीपा दाहाल – प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
२१. ललिता सिवाकोटी – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२२. विजय राज तण्डुकार – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२३. लोचन पौडेल – परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
२४. दीपकराज निरौला – शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय
२५. मनोज गैरे – शाखा अधिकृत, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२६. लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट – प्रधानमन्त्रीका प्रमुख सैनिक सहायक
२७. मेजर सुशील बानियाँ – प्रधानमन्त्रीका सुरक्षा अधिकारी
२८. प्रहरी नायब उपरीक्षक दीपेश बस्याल – प्रधानमन्त्रीका सुरक्षा अधिकारी
२९. विनय शाक्य – प्रधानमन्त्रीका निजी उपसचिव (मिडिया)
३०. तारा हमाल ढुंगाना – संवाददाता, गोरखापत्र
३१. कमल कुमार बस्नेत – संवाददाता, राष्ट्रिय समाचार समिति
३२. अशोक कुमार बस्नेत – भिडियोग्राफर, नेपाल टेलिभिजन
३३. प्रेमराज गौतम – उपप्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
३४. मेजर रोशन केसी – प्रधानमन्त्रीका सैनिक सहायक
३५. मुकेश डंगोल – क्यान डीजी।