श्रम मन्त्रालयको नाम फेर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीको प्रस्ताव !

- दियोपोस्ट  

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले आफ्नो नेतृत्वमा रहेको मन्त्रालयको नाम फेर्न प्रस्ताव गरेका छन् । उनले आफू मन्त्री रहेको मन्त्रालयले नेपालमा आन्तरिक रोजगारी श्रृजनाको कुनै पनि काम गर्न नसक्ने भएकाले ‘वैदेशिक रोजगार मन्त्रालय’ राख्नुपर्ने प्रस्ताव गरेका हुन् ।

‘वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग लगायत सबै वैदेशिक रोजगारसँग सम्बन्धित विभाग मात्रै छ,’ उनले भने,‘आन्तरिक रोजगारी सृजनाका लागि यो मन्त्रालयको कुनै विभाग समेत छैन । बरु यसको नामे फरिदिएर वैदेशिक रोजगार मन्त्रालय राखिदिए हुन्छ ।’

अभिभावक संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । श्रम मन्त्री भण्डारीले पछिल्लो समय सरकारले दक्ष जनशक्ति निर्माणमा जोड दिएको समेत बताए । केही महिना अघि मात्रै जापान सरकारसँग २० हजार जना दक्ष जनशक्ति पठाउने विषयमा सहमति भएको उनको भनाई छ ।

TATA ADD

सिफारिस