महिलाको अश्लील तस्वीर खिचेको आरोपमा पक्राउ परेका डीएसपी केसी धरौटीमा रिहा

खुमा वली  

काठमाडौं । रेष्टुरेन्टको शौचालय गएकी महिलाको अश्लील तस्वीर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका डीएसपी तुलसिंह केसीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । अदालतको आदेशपछि उनी धरौटी बुझाएर हिरासतमुक्त भएका छन् ।

न्यू इभेन्ट पोइन्ट रेष्टुरेन्टमा ५ माघको राति ९ः२० बजेतिर केसीले शौचालयमा गएकी महिलाको अश्लील फोटो खिचेको भन्दै जाहेरी परेको थियो ।

पीडितले दिएको जाहेरी अनुसार, उनी शौच गर्न बसेका बेला केसीले शौचालयको पर्खालमाथिबाट अश्लील तस्वीर खिचेका थिए । पक्राउ परेपछि प्रहरी नियन्त्रणमा रहेकै बेला ‘फेसबुक डिएक्टिभ’ गर्न भन्दै मोबाइल मागेर उनले फम्र्याट गरेको समेत अनुसन्धानका क्रममा देखिएको थियो ।

TATA ADD

सिफारिस