काठमाडौं । प्रशासनले संघीय संसद भवन आसपास फुटपाथमा हिँड्न पनि निषेध लगाएको छ । लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि प्रशासनले कडाइ गरेको हो । संसद भवन आसपास अहिले फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ ।
पर्खाल नजिकबाट हिँड्न पनि सुरक्षाकर्मीले रोक लगाएका छन् । लघुवित्तका ऋणीको टोली संसद् भवनमा प्रवेश गरेपछि गृह मन्त्रालयले भवनको बाहिरी सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ जनाको जिम्मेवारी खोसेको थियो । यता सिंहदरबार आसपास पनि निषेध गरेको छ ।