मदन भण्डारी मेमोरियल कलेजमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिने

दियोपोस्ट संवाददाता  

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त मदन भण्डारी मेमोरियल कलेजले कलेजको क्युएए प्रमाणपत्र प्राप्त भएको नौ महिना पूरा भएको अवसरमा निस्शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

शिविर यही फागुन २४ गते बिहान ९ बजे देखि १ बजे सम्म कलेजको प्राङ्गणमा सञ्चालन हुने कलेज प्रशासनले जनाएको छ ।

कलेजका अनुसार कार्यक्रममा दन्त परीक्षण, सुगर जाँच, रक्तचाप जाँच तथा क्यानिनपुञ्ज डेन्टल अस्पतालका विशेषज्ञहरूको सहभागिता रहनेछ ।

यस शिविरमार्फत जनतामा स्वास्थ्य सचेतना अभिवृद्धि हुने कलेजका प्रमुख डा. बाबुराम अधिकारीले बताए ।