काठमाडौँ । न्पाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा (एमाले)मा प्रवेश गरेका छन्। शनिबार रुपन्देहीमा आयोजित एक कार्यक्रमका बीच उनी एमालेमा प्रवेश गरेका हुन् ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष समेत रहेका पहाडीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा तथा नेता लीला गिरी लगायत नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।
एमाले प्रवेशपछि संक्षिप्त मन्तव्य राख्दै पहाडीले राष्ट्रिय स्वाभिमान, लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र पार्टीको विचारधारात्मक स्पष्टताका आधारमा आफूले एमाले रोजेको बताए। उनले कुनै व्यक्तिगत स्वार्थ वा पदको लोभका कारण नभई विचार र राजनीतिक प्रतिबद्धताका आधारमा निर्णय गरेको दाबी गरे।
उनले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको टिप्पणी गरे । उनी लामो समयदेखि दलित मुक्ति आन्दोलनमा सक्रिय हुँदै आएका नेता हुन्।
कार्यक्रममा अन्य केही स्थानीय नेताहरूले समेत एमालेमा प्रवेश गरेका जनाइएको छ। एमालेले पहाडीको प्रवेशले पार्टी संगठन सुदृढ हुने विश्वास व्यक्त गरेको छ।