आइतवार एकजना चोर मस्कोको प्रख्यात कला सङ्ग्रहालयमा सरासर पसे। उनले सहज ढङ्गबाट सबै आगन्तुकका सामु एक पेन्टिङ्ग झिके, बोके र हिँडे।
तर ती चोर रुसी कलाकार आर्खिप कुइन्डजीले २० औँ शताब्दीमा बनाएको उक्त ल्याण्डस्केप पेन्टिङ्ग लिएर धेरै टाढा पुग्न पाएनन्।
भोलिपल्टै प्रहरीले उनलाई समात्यो। चोरीको सम्पूर्ण दृश्य सीसीटिभी क्यामेरामा कैद भएको थियो।
बीबीसीबाट