काठमाडौं, माघ १८ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले हरेक शुक्रबार सञ्चालन गर्दै आएको ‘हटलाईनमा मन्त्री’ कार्यक्रम आज शुक्रबारका लागि स्थगित भएको छ ।
मन्त्री वर्षमान पुन ‘अनन्त’ सरकारी कामको शिलसिलामा काठमाडौं बाहिर रहेकोले ‘हटलाईनमा मन्त्री’ कार्यक्रम स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्री पुनका नीजी सचिव कमानसिंह थापामगरले शुक्रबार विज्ञप्ती निकालेर माघ १८ गते शुक्रबारको लागि कार्यक्रम स्थगित भएको र अर्को हप्तादेखि कार्यक्रम नियमित सञ्चालन हुने बताए ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र मन्त्रालय मातहतका सबै निकायसँग सम्बन्धित सार्वजनिक सेवा प्रवाहका विषयमा नागरिक, सेवाग्राहीको गुनासो, सल्लाह र सुझाव प्रक्रियामा मन्त्री पुनले जवाफ दिदै आएका थिए ।
हरेक शुक्रबार दिउँसो १२ देखि १ बजेसम्म हटलाईन नं. ११५१ नं. मा फोन गरेर मन्त्री पुनसँग कुराकानी गर्न सकिनेछ ।