पूर्व राष्ट्रपति डा. रामवरण यादवद्वार डा. गोविन्द केसीलाई आमरण अनसन तोड्न आग्रह

Diyo post  

काठमाडौँ,माघ १८ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले डा. गोविन्द केसीलाई आमरण अनसन तोड्न आग्रह गर्नु भएको छ ।

चिकित्सक समेत रहनु भएका पूर्व राष्ट्रपति यादवले शुक्रबार आफ्नो सरिरको ख्याल गरेर भएपनि आमरण अनसन तोडन डा. केसीलाई आग्रह गरेका छन् । पूर्व राष्ट्रपति यादव डा. केसीले १६ औं पटक आमरण अनसन बसेको २४ औं दिन शुक्रबार उनको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुग्नु भएको थियो । त्यस अवसरमा उहाँले जीवन अमूल्य रहेकाले सत्याग्रह जारी राख्न तर अनसन भने तत्काल छाडन डा. केसीलाई आग्रह गरेका थिए ।

डा. केसीको स्वास्थ्य अवस्था जटिल रहेकाले आफूले तत्काल अनसन छाडन आग्रह गरेको पूर्व राष्ट्रपति यादवले बताउनु भयो । उहाँले संचारकर्मीहरुमाझ डा. केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारको पनि गम्भिर ध्यानाकर्षण गराएका छन् । नागरिकको जीवन रक्षा गर्ने पहिलो कर्तव्य सरकारको भएको उल्लेख गर्दै पूर्व राष्ट्रपति यादवले सोही दायित्व पूरा गर्न पनि सरकारले छिटोभन्दा छिटो डा. केसीको जीवन रक्षाका लागि आवश्यक संवाद सुरु गरिहाल्नुपर्ने बताए ।

डा. केसी सरकारले आफूसँग गरेको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि आमरण अनसन नतोड्ने अडानमा छन् । बिहीबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि डा. केसीको स्वास्थ्य अवस्था बुझेपछि अनसन तोड्न आग्रह गरेका थिए ।

सम्बन्धित खबर