काठमाडौँ, माघ १८ । नेपाल विद्युत प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उप–प्रबन्धक विजय कुमार चौधरी विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
सार्वजनिक सेवामा रहँदा चौधरीले २ करोड १४ लाख ५८ हजार रुपैयाँ भन्दा धेरै गैरकानुनी सम्पत्ती आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो । चौधरीले गैरकानूनी रूपमा आर्जन गरेका सम्पत्तिहरु श्रीमती प्रियंका कुमारी चौधरी लगायतको नाममा राखेको देखिएको अख्तियारका प्रवक्ता रामेश्व्र दंगालले बताए ।