पोलार भोर्टेक्स भनिएको पर्यावरणीय प्रणालीका कारण कैयौँ अमेरिकी शहरहरू यो साता अत्यधिक चिसो बेहोर्न बाध्य भए।
चिसोका कारण २१ जनाको ज्यान गइसकेको छ। मानिसहरूलाई बाहिर नडुल्न, लामो सास नफेर्न अनि कुराकानी नगर्न समेत भनियो।
माइनस ४० डिग्री सेल्सियस हाराहारीमा तापक्रम झर्यो।
तर यति धेरै कष्टकर चिसोका माझ पनि केही अमेरिकीहरूले रचनात्मक बन्दै रमाइलो गरिरहेका छन्।