नेबिसंघद्वारा गाउँपालिकाको गाडी तोडफोड

Diyo post  

डोटी, माघ १९ । नेपाल बिद्यार्थी संघ डोटीले वा २ झ ४१८८ नम्बरको स्कारपियो गाडी तोडफोड गरेको छ । डोटीको सिलगढी स्थित पहलमानसिंह स्वाँर राजमार्ग हुदै आछम गईरहेको मेललेक गाउँपालिका अछामको गाडीमा तोडफोड गरेको हो ।

सरकारको बिरोधमा शनिबार सरकारी स्तरका सवारी साधन चल्न नदीने नेविसंघको केन्द्रिय निर्णय अनुसार नेविसंघ डोटीले सेतो नम्बर प्लेट भएका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो ।

नेविसंघले पुर्वजानकारी गरि सरकारी सवारी साधनमा रोक लागाउँदा लगाउँदै गाउँपालिकाको गाडीले त्यसको अवज्ञा गरेको भन्दै तोडफोड गरेको नेविसंघका डोटी अध्यक्ष गणेश खड्काले बताए ।

तोडफोड पछि उक्त स्कारपियो प्रहरीले सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय डोटीमा राखेको छ । शनिबार सुरक्षा कर्मिको भ्यान, एम्बुलेन्स वाहेकका सरकारी साधनहरु सडकमा गुडेको भेटीए नियन्त्रणमा मात्र होइन आगजनी समेत गर्ने नेविसंघ डोटीका बिद्यार्थी नेता मोहनराज ओझाले बताए । त्यस्तै नेविसंघले जिल्ला प्रहरी कार्यालय डोटीको बा २ प ८९९० नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खबर