अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका १०० भन्दा बढी नेपाली महिलाको उद्दार

Diyo post  

काठमाडौँ,माघ १९ । भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका १०० बढी नेपाली महिलाको उद्दार गरिएको छ ।

नेपाली महिलाहरुलाई अवैध रुपमा मणिपुरको बाटो भएर म्यानमार लैजान खोजेको सूचना माइती नेपाल र इम्पल्स एनजीओ नेटवर्क नामक संस्थाको सहयोगमा मणिपुर पुलिसले म्यानमारको सीमा क्षेत्रमा पर्ने टेङनेपालबाट उद्दार गरेको हो । उनीहरुलाई म्यानमारको बाटो भएर इराक र दुबई लैजान लागिएको आशंका गरिएको छ ।

सुचनाको आधारमा मणिपुर प्रहरीले शुक्रबार विहानबाटै सर्च अपरेशन चलाएको थियो । त्यसपक्रमा विभिन्न ठाउँबाट १०० बढी नेपालीलाई उद्दार गरिइएको माइती नेपालले पुष्टि गरेको छ ।

इन्डियन एक्सप्रेसका अनुसार मानव तस्करी गर्ने एक व्यक्ति पनि पक्राउ परेका छन् । उनी सिन्धुपाल्चोकका ४२ वर्षीय आशाकाजी तामाङ भएको समाचारमा उल्लेख छ । उद्दार गरिएको नेपाली चेलिहरुलाइ छिटै नेपाल फर्काइदै छ ।

सम्बन्धित खबर