काठमाडौँ, माघ २० । युएइ भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गतको निर्र्णायक खेल आज खेल्दै छ । दुबइस्थित आइसीसी क्रिकेट मैदानमा आइतबार दिउँसो ३ बजेदेखि खेल शुरु हुने छ । तीन खेलको सिरिजमा १–१ को स्थितिमा रहेको खेलको नतिजा आजको खेलबाट हुनेछ । नेपाल अर्को इतिहास रच्ने दाउमा रहेको छ भने युएइ एकदिवसियको हारको बदला लिने र कम्तिमा एउटा सिरिज जित्ने लक्ष्यमा हुने छ ।
पहिलो टि–ट्वान्टीमा २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । दास्रो खेलको अन्तिम ओभरमा नेपालका लागि दिपेन्द्र सिँह ऐरिले सनसनीपुर्ण ब्याटिङ गरेपछि नेपालको जित सम्भव भएको हो ।
एकदिवसियमा भने नेपालले सानदार जित हाँसिल गरेको थियो । पहिलो खेलमा हार ब्यहोर्नुपरेतापनि दोस्रो खेलमा १ सय ४४ रनले विजयी भएको थियो । तेस्रो खेलमा २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ३२ बल र ४ विकेट बाँकी छँदा नै भेट्टाएको थियो । अन्तिम खेल जिताउनको लागि पारस खड्काले ऐतिहासिक शतक पार गरेका थिए । एकदिवसिय क्रिकेटमा नेपालको तर्फबाट शतक प्रहार गर्ने पारस पहिलो खेलाडी हुन् ।
नेपाली टोलीमा ४ जना नयाँ अनुहारलाई मौका दिइएको छ । सन्दिप जोरा, अभिनास बोहोरा, पवन सर्राफ र भिम सार्की रहेका छन् । चारमध्य भिम सार्कीबाहेक सबैले डेब्यु गरिसकेका छन् । अन्तिम खेलमा भिम सार्की आउने सम्भावना पनि रहेको छ । त्यसो नयाँ खेलाडीलाई प्रवेश गराएर रिस्क मोल्न पनि नेपाल चाहँदैनन् । भीम मध्यक्रमका ब्याट्सम्यान भएको कारण उनलाई खेलाउँदा दिपेन्द्रसिं ऐरिलाई बाहिर राख्नुपर्ने हुन्छ त्यसकारण आजको खेलमा उनलाई सुरुवाती ११ मा प्रवेश नगराउने सम्भावना पनि बलियो रहेको छ ।
आजको खेल जिताउनका लागि पारस खड्का, दिपेन्द्रसिंह ऐरि, करण केसी र विनोद भण्डारीले सुधारात्मक खेल खेल्नुपर्ने छ । एकदिवसियमा उत्कृष्ठ प्रदर्शन गरेका पारसले टि–ट्वान्टीमा भने निराशाजनक प्रदर्शन गरेका थिए । अनुभवी ब्याट्सम्यान मानिएका करण केसीले अहिलेसम्मको खेलमा आफ्नो कला देखाउन पाएका छैनन् । दिपेन्द्र सिंह ऐरि दास्रो टि–ट्वान्टी बाहेकका खेलहरुमा त्यति सफल हुन सकेनन् । ब्याटिङमा आशा राखिएका खेलाडीहरुबाट निराशाजनक प्रदर्शन भएपछि दबाव पर्ने गर्दछ ।
बलिङमा सन्दीप लामिछाने, सोमपाल कामी, बसन्त रेग्मी, पारस खड्का लगायतका खेलाडीहरुले विकेट लिनु आवश्यक देखिन्छ । गएको खेलमा सोमपालले पाँच विकेट लिएर किर्तिमानी राखेका थिए भने एउटै ओभरमा ३ विकेट लिएर सन्दीपले इतिहास रचेका थिए ।
आजको खेल जित्दा नेपालले अर्को इतिहास रच्ने छ । एकदिवसिय सिरिज सँगै टि–ट्वान्टी सिरिज समेत जित्ने छ ।