वनमन्त्री शक्ति बस्नेतकी भतिजी मृत फेला

Diyo post  

काठमाडौँ, माघ २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा वनमन्त्री शक्तिबहादुर बस्नेतकी भतिजीले आत्महत्या गरेकी छिन् । ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बबिताले सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

शनिबार सामान्य अवस्थामा सुतेकी बबिता विहान १० बजेसम्म नउठेपछि उनको परिवारले प्रहरीलाई खबर गरेको थियो । ललितपुर प्रहरीको टोली पुगेर पुनः ढोका ढकढकाउँदा कुनै प्रतिक्रिया नआएपछि ढोका फोरिएको थियो । ढोका फोरेर हेर्दा सिलिङ फ्यानमा सलको पासो लगाइएको अवस्थामा उनको मृत शरिर भेटिएको ललितपुर प्रहरीले जनाएको छ ।

प्रहरीले घटना शंकास्पद भएको भन्दै अनुसन्धान शुरु गरेको छ । बबिता ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती हुन् भने बनमन्त्री बस्नेतकी दाइको छोरी हुन् ।

सम्बन्धित खबर