काठमाडौँ, २० माघ । निलाम्बर आचार्य भारतका लागि राजदुत नियुक्त भएका छन् । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार आचार्य लाई राजदुत नियुक्त गरेका हुन् ।
आइतबार नियुक्त भएका आचार्यलाई आइतबार नै सपथ ग्रहण गराइएको छ । नवनियुक्त राजदुतलाई राष्ट्रपति भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।
मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार राष्ट्राध्यक्षबाट राजदूत आचार्यले शपथ लिएका हुन् । नेपालको इतिहासमा राष्ट्र प्रमुखबाट राजदूतलाई पहिलोपटक शपथ गराइएको हो । राष्ट्रपतिबाट शपथ लिने उनी पहिलो नेपाली राजदूत हुन् ।
समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थिए ।